लोडसेडिङको समय बढ्यो अब सातामा ७४ घन्टा

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_6697.html
सिन्धुली दपर्ण,पुस १४ -
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडिसेडिङको समय बढाएर सातामा ७४ घन्टा बनाएको छ । साताको ५६ घन्टाको लोडसेडिङको समय आजदेखि प्राधिकरण आजदेखि बढाएको हो । अबदेखि हप्ताको चार दिन ११ घन्टा र तीन दिन १० घन्टाका हिसाबले लोडसेडिङ हुने भएको छ ।
हिउँदको बेला नदीमा पानीको वहाब घट्नु र विद्युतको माग बढ्नुले लोडसेडिङको समयमा बढाउनुपरेको प्राधिकरणले जनाएको छ । लोडसेडिङको समय यो वर्ष १४ घन्टासम्म हुनसक्ने प्राधिकरणले जनाएको छ । अहिले नेपालीलाई एक सय १५ मेगावाट विजुली अपुग छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !