हेटौडामा तामाङ चलचित्र महोत्सव सुरु

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_5757.html
सिन्धुली दपर्ण, पुस २ -
आजदेखि मकवानपुरको हेटौडामा तामाङ चलचित्र महोत्सव सुरु हुँदै छ । भोलिसम्म चल्ने महोत्सवमा विभिन्न पाँच तामाङ चलचित्र र एउटा आदिवासी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । तामाङ चलचित्र सङ्घले आयोजना गरेको महोत्सवमा गोदेवा पोङ ह्याङला ह्युल्ला माया र दोर्जेला नाङ चलचित्र देखाइने भएको छ । पहिचानका लागि संस्कृति संस्कृतिका लागि चलचित्रू नारा रहेको महोत्वको आज रक्षामन्त्री विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
तामाङ चलचित्रको बजार प्रवद्र्धन गर्नु र गुणस्तरीय चलचित्र निर्माणका लागि दर्शकहरुसँग प्रत्यक्ष संवाद गर्नु महोत्सवको मूल उद्देश्य रहेको निर्देशक दीपेन्द्र दोङले जानकारी दिनुभयो । महोत्सवमा २० हजार दर्शक सहभागी हुने अनुमान आयोजकले गरेकॊ छ । यसअघि पनि चितवनमा तामाङ चलचित्र महोत्सव गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !