लोक तथा आधुनिक गित गायन प्रतियोगिता सिन्धुलीमा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_7115.html
सिन्धुली दपर्ण ,पुस २-
सिन्धुली बहुमुखि क्याम्पस बीएड तेश्रो वर्षका शिक्षण अभ्यास समूहको आयोजनामा श्री भविष्य निर्माता शिद्धबाबा उच्च मावि पानीट्यांकीमा खुला लोक तथा आधुनिक गित गायन प्रतियोगिता सम्पन्न भएको छ ।
४५ दिने शिक्षण अभ्यासको समापन समारोहमा आयोजना गरिएको सो प्रतियोगितामा विद्यालयका शिक्षक लोकमणी तिम_िल्सना र शिक्षिका अभिलाषा कोइरालाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा विद्यालयका छात्र;छात्राहरु मनिष शाहि प्रथम शान्ति सुनुवार द्धितीय उर्मिला सेन्चुरी तृतीय र सीता मगरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो ।
विजेताहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !