सर्लाहीमा घुम्ती पुस्तकालय सन्चालन

सिन्धुली दपर्ण, पुस ५ -


सर्लाहीको सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर सामुदायिक पुस्तकालयले स्थानीय विद्यालयलाई लक्षित गरी घुम्ती पुस्तकालय सन्चालन गरेको छ । पुस्तकालयका प्रवन्धक अप्सरा उप्रेतीका अनुसार जिल्लाका विभिन्न नीजि र सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी यस्तो पुस्तकालय साचालन गरिएको हो । 
कार्यक्रम अन्तर्गत ६ जना स्वयंसेविकाले हरेक शुक्रवार विद्यालयमा गएर बालवालिकाका सम्बन्धि कथा कविता नाटक तथा विभिन्न ज्ञानमुलक पुस्तकहरु लिएर जाने र विद्यार्थीले अध्ययन गरे पछि फीर्ता लिएर आउने गर्छन् । घुम्ती पुस्तकालय प्रति विद्यालयको आकर्षण बढेको पुस्तकालयले जनाएको छ ।

Related

स्थानिय 8271034588740242280

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item