महोत्तरीमा धान उत्पादनमा वृद्धि

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_8270.html
सुरेश बिडारी ,महोत्तरी,पुस ५ -
अघिल्लो वर्षको तुलनामा यो वर्ष महोत्तरीमा धानको उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको भन्दा यस वर्ष १९ प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । कार्यलयका अनुसार आर्थिक वर्ष २०६६;२०६७ मा महोत्तरीमा ७८ हजा ४ सय ४० मेटि्रक टन धान उत्पादन भएको छ भने गत आर्थिक वर्ष २०६५;२०६६ मा ६५ हजार ७ सय ९१ मेटि्रक टन धान उत्पादन भएको थियो ।
जिल्लाको कुल खेतियोग्य जमिन मध्ये ३४ हजार सात सय हेक्टर क्षेत्रफलमा यो वर्ष धानखेति गरिएको जिल्ला कृषि विकास कार्यलयका बाली अधिकृत बद्री प्रसाद साहले जानकारी दिनुभयो । यो वर्ष कम क्षेत्रफलमा धान खेति गरिएको भएपनि उत्पादन राम्रो भएको उहाँको भनाइ थियो । धान रोप्ने समयमा पानी नपरेपनि रोपिसकेपछि प्रयाप्त पानी परेकोले पनि उत्पादन राम्रो भएको विज्ञहरुले बताएका छन् । समयमा रासायनिक मल सरकारले उपलब्ध गराउन नसक्दा पनि धानको उत्पादन घट्ने गरेको किसानहरु बताउछन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !