सिन्धुलीको नेत्रकाली गाविसमा लघुजलविधुत उत्पादन,२१२ घरधुरि लाभान्वित

सिन्धुली दर्पण/पुस २८ -


 देशले नै दिनको ११ घण्टा लॊडसेडिङको मारखेपीरहेको अवस्थामा सिन्धुलीको नेत्रकाली गाविस ८ शिखरपुरमा मामवली साङवा लघु जलविधुत परियोजना सम्पन्न भएको छ । पाखुरेखोला र मझुवागोपे खोलाको पानिल्याई हाईड्रोपावरवाट ७९ लाख सत्ताईस हजार पाचँ सय पचहत्तर रुपैयाको लागतमा लघु जलविधुत उत्पादन कार्य सम्पन्न भएको हो । 
नेपाल सरकारवाट १६ लाख चौध हजार जिल्ला विकास सिन्धुलीवाट ६ लाख नेत्रकाली गाविसवाट ४ लाख  महिला विकासवाट १लाख ८० हजार र स्थानियवासिवाट २५ लाख  र जनश्रमदानवाट निमार्ण कार्य सम्पन्न भएको परियोजनाका अध्यक्ष खड्ग वहादुर वाईवाले जानकारि दिनुभयो ।
तिन वर्षमा सम्पन्न भएको सो परियोजनावाट १२ किलोवाट विधुत उत्पादन हुने र २१२ घरघुरि लाभान्वित हुने हुदा आफुहरु निकै नै खुसी भएको स्थानिय वासि जित वहादुर वाईवाले वताउनुभयो । 

Related

स्थानिय 4430678522730786483

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item