तराईमा चिसोले मृत्यू हुनेको संख्या ३८ पुग्यो

सिन्धुली दर्पण/पुस २८ -

तराईका जिल्लामा शीतलहरसँगै बढेको अत्याधिक चिसोका कारण जनजीवन प्रभावित हुने क्रम जारी छ । चिसोका कारण तराईमा अहिलेसम्ममा मृत्यु हुनेको सङ्ख्या ३८ पुगिसकेको छ । सर्लाहीमा १२ सप्तरीमा ७ सुनसरीमा ६ बारा सिराहा बाँके र बर्दियामा २-२ तथा नवलपरासी कैलाली र काच्ानपुरमा १-१ जना गरि जम्मा ३८ जनाको मृत्यु भएको छ । 

चिसोका कारण पठनपाठनमा असर परेको भन्दै तराईका विभिन्न जिल्लामा निजी तथा सरकारी विद्यालय बन्द भएका छन् ।  चिसो र शीतलहरका कारण तराईका अधिकांस जिल्लाहरुमा चहलपहल समेत कम हुदै गइरहेको छ । दिनदिनै शीतलहर बढ्दै गइरहेपछि अस्पतालहरुमा समेत चिसोका बिरामीहरुको चाप दिन प्रतिदिन बढिरहेका छन् ।

चिसोका कारण अहिलेसम्ममा मृत्यु हुनेमध्ये धेरैजसो वृद्धवृद्धा र बालबालिका छन् । शितलहर र कारण तराईका अधिकांस जिल्लाबाट हुने हवाई उडानहरु समेत प्रभावित हुँदै आएका छन् । एक साताभन्दा बढि भइसक्दा पनि बाँकेको राँझा विमानस्थलबाट नियमित रुपमा हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगाजले जनाएको छ । तराईका जिल्लाहरुमा यस्तै शीतलहर र चिसो तथा हुस्सु अझै एक साताभन्दा बढिसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related

स्थानिय 4071262594768177213

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item