महोत्तरीमा प्रहरीद्धारा १७ क्विन्टल ५२ किलो गाँजा नष्ट

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_6890.html
राजु पोखरेल/ महोत्तरी / पुस २७-
अवैधरुपमा भारत निकासी गनॆ्र क्रममा महोत्तरीको बर्दिवासबाट गत भदौ ५ गते बरामद गरिएको १७ क्विन्टल ५२ किलो गाँजा आज महोत्तरीको बर्दिवासमा नष्ट गरिएको छ । बर्दिवास-जलेश्वर सडक खण्डको वुद्ध चौकमा ना २ ख ४६३८ नं ट्रक सहित उक्त गाँजा स्थानिय युवाको सकि्रयतामा गत भदौ ५ गते प्रहरीले बरामद गरेको थियो ।
गाँजा ल्याईएको ट्रक पक्राउका बेला कोही पक्राउ नपरेको भए पनि गत मंशिर २८ गते ट्रक मालिक रामेछापका डाल बहादुर बोहरा लाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको र जिल्ल्ा अदालत महोत्तरीमा मुद्दा दायर भएको महोत्तरीका प्रहरी प्रमुख संजयराज शर्माले बताउनु भयो । गाँजाका अभीयुक्त डाल बहादुर बोहरालाई अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखि अनुसन्धान भईरहेको छ । यसैबिच महोत्तरीका विभिन्न् स्थानमा गरिएको ४० विगाहको गाँजा खेती पनि प्रहरीले विभिन्न समयमा नष्ट गरिसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !