सिन्धुली कारागारका कैदीवन्दि आन्दोलनमा

सिन्धुली दर्पण/माघ ५ -

सिन्धुली जिल्ला कारागारका कैदिबन्दिहरु वुधवारवाट भोक हड्तालमा उत्रिएका छन । कारागारभित्र रहेको शौचालय भरिएर फोहोर वाहिर निस्कि दुर्घन्धले थप समस्या उत्पन्न भएपछि उनिहरु आजवाट भोक हड्तालमा उत्रेका हुन । उनिहरुले  साथीहरुलाइ स्थानान्तरण गर्दा थाहा नदिएकोले थप समस्या उत्पन्न भएको भन्दै आन्दोलनमा उत्रिएको जनाएका छन । थाहै नदिइ स्थानान्तरण गर्नाले उनिहरुले लिएको सापटी पैसा र खाएको सामानको पैसा कसले तिरिदिने भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन ।

उनिहरुले शौचालयको सरसफाइ र साथीहरुको स्थानान्तरणपछि निम्तिएको समस्याको समाधानको माग पुरा नभए आफ्नो आन्दोलनलाइ जारी राख्ने जनाएका छन । दिन रात दुर्गन्धमा वस्नु पर्ने हाम्रो स्वास्थ्यको कसले जिम्मा लिने भन्दै कैदीबन्दी स्वस्तिराम खड्काले आक्रोस व्यक्त गरे । यस्तो समस्या अहिले मात्र नभएर बारम्वार आइरहेको समस्या हो धेरै चोटी प्रशासनलाई जानकारी गराउदापनि कुनै सुनवाई भएन थाहा नदिइ साथीहरु स्थानान्तरण गरिन्छ  आफु चौकिदार भएकाकारण स्थानान्तरण गर्ने साथीहरुको तरकारीको पैसा ठेकदारलाई आफ्नु गोजीबाट हाल्नाले १० /१२ हजार खर्च भइसकेको बताउछन् चौकीदार भोज वहादुर मोक्तान । २५ जना कैदीवन्दी वस्ने ठाउँमा ५८ जना लाई राख्नु पर्ने वाध्यता रहेको केन्द्रमा जानकारी गराउदा पनि कुनै सुनवाई हुदैन वन्दीहरुले शौचालयमा कागज पलाष्टिक लगाएतका वस्तुहरु हाल्ने गर्दिनाले यस्तो समस्या आएको बताउदै स्थानतरण गर्दा पहिलानै थाहा दिन सुरक्षका दृष्टिले गर्दा जानकारी नगराएको र जिल्ला प्रहरी कार्यालयमा १ दिन राखेर उनीहरुको पैसा लत्ताकपडा पुर् याउदा कसैले पनि आर्थिक कारोवारको कुरा नउठाएको अहिले आएर यस्तो कुरा गर्दा आफु आश्र्चायमा परेका जेलर कुलनाथ पोखरेल भन्नुहुन्छ  । 

Related

स्थानिय 3579788615820300728

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item