मोटर दुर्घटनामा परि कृष्णहरी वराल सख्त घाईते

रामहरी लामिछाने/युके/माघ ५ -

सिन्धुलीमा घर भई हाल काठमाण्डौलाई कार्यक्षेत्र वनाउदै आएका प्राध्यापक एवं  नेपाली साहित्यका समालोचक वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा पर्नु भएको छ । पत्नी श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली उक्त भ्रमणको शिलशिलामा बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २ २०१० आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको हो | 

गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो । दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ तर डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको समाचार छ । वहाँको उपचारको क्रममा डाक्टरहरुले पत्ता लगाए अनुसार केही रक्त-नशाहरु -Artery ruptures_ फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले वहाँलाई तत्कालै हेलिकप्टरबाट Danville, PA स्थित Geisinger Medical Center मा पुर्याइयो र सिधै अपरेसन कक्षमा लगियो । तर सर्जनहरुले रगत बगिरहेको नरोकिएसम्म सर्जरी गर्न नसकिने कुरा बताए । 

त्यसैले उहाँलाई पर्याप्तमात्रामा रगत दिईसकेपछि ४ जनवरीका दिन सर्जरी पूर्ण सफलताकासाथ सम्पन्न भयो । त्यसपछि १५ जनवरीसम्म उहाँलाई आई.सि.यु.मा राखि उपचार गरियो र हाल वहाँलाई साधारण वार्डमा सारिएको छ । पारिवारिक सुत्रका अनुसार अब वहाँ गम्भीर खतराबाट भने मुक्त हुनुहन्छ तर पनि अहिलेसम्म अस्पतालमै वहाँको उपचार भैरहेको छ ।

आफ्नो छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना हुन गएकोले डाक्टरहरुको सल्लाह बमोजिम वहाँहरुको अमेरिका बसाई लम्बिने भएको छ । वहाँहरु भिजिटर भएको र छोरा पनि विद्यार्थी नै रहेकोले वहाँहरुलाई यस आपतकालिन अवस्थामा आर्थिक संकट पर्न गएको छ । अतः अमेरिकामा बसोबास गर्ने साहित्यकार कलाकार तथा मानवीय समवेदनामा बिचार पुर्याउने सबै महानुभावहरुसंग आर्थिक सहयोगको लागि आव्हान गर्दछौं ।

यसका लागि हामीले (PayPal) पेपाल मार्फत कृष्णहरि बराल सहयोग कोष खाता खोलेका छौँ । निम्न कृष्णहरि बराल सहयोग कोष लिँकमा गएर आफुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गदछौँ 


वहाँका बारेमा विस्तृत जान्न परेमा निम्न महानुभावहरुसंग सम्पर्क गर्नुहोला । 

-ज्ञानेन्द्र गदाल, कोलोराडो ३०३ २२९ २०३९ 
-बासु श्रेष्ठ, भर्जिनीया ७०३ ३३८ ७८२८ 
-स्वप्नील बराल, हाल पेन्सिलभेनिया:  ८१७ ३३३ ७१७० 

आर्थिक सहयोग र मानवीय सद्भावनाका लागि सबै महानुभावहरुमा अग्रिम आभार प्रकट गर्दछौँ ।

Related

स्थानिय 4738645516170079988

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item