मातृ तथा नवजात शिशु स्वास्थ्यको सर्वेक्षण सिन्धुलीको ३० गाविसमा हुदै

 सिन्धुली दर्पण/पुस ४ -

मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमको अन्तिम सर्वेक्षण गोष्ठि सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख डाक्टर छविलाल थापाको अध्यक्षतामा स्वास्थ्य कार्यालय सिन्धुलीको हलमा  भएको गोष्टिमा  सिन्धुली जिल्लामा दुई वर्ष अघि सुरु भएको समुदायमा आधारित मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम सम्पन्न भएपछि अव कार्यक्रमको मुल्याङकन तथा सर्भेक्षण सुरु गर्न गोष्टिको आयोजना गरिएको नेपाल परिवार स्वास्थ्य कार्याक्रम दोस्रोले जनाएको छ ।

 सिन्धुलीको ३० गाविसमा सुरु गरिने सर्वेक्षणमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली र नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोका स्वास्थ्यकर्मि माझ छलफल भएको थियो भने नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोका मदन थापा,शैलेश न्यौपाने र भरत वलले कार्यक्रमको उदेश्य विषयवस्तुमाथी प्रश्ट पार्नुभएको थियो । सर्वेक्षणमा १ वर्षभित्र वच्चा जन्माएका महिलालाई लक्षित गरिने नेपाल परिवार स्वास्थ्य कार्यक्रम दोस्रोका सारदा वलीले जानकारी दिनुभएको छ ।

Related

स्थानिय 2873617086133453468

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item