सिन्धुलीको त्रीवेणीमा भव्य मेला


 सिन्धुली दर्पण/माघ ४-

सिन्धुली र उदयपुरको सिमाना भएर वग्ने तावा ककुर र कमलानदीको संगम स्थल त्रीवेणीमा शनीवारदेखी भव्य मेला शुरु भएको छ । माघेसंक्रान्तिदेखी १८ गतेसम्म लाग्ने यो मेलामा मकर नुहाउनहाँसपरेवापाठी पुजा गर्नको लागी भारतवाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

मेलालाई विगतको वर्षहरुमा भन्दा निक्कै व्यवस्थित वनाइएको त्रिवेणी गाविसका सचिव पेशल पोखरेलले जानकारी दिनुभयो । मेल्ााको रौनक वढाउन नाम चलेका राष्ट्रिय कलाकारहरुलाई पनि निम्त्याइएको छ । ऐतिहाँसिक मैनी मेलाको नामले प्रचलित यो मेलामा भोटे घोडाकुकुरराडीपाखी खरीदविक्री हुने गरिएकोमा केही वर्षयता थप्प भएपनि यसपालि फेरी विक्रीवितरण सुरु गरिने आयोजक समितीले जनाएको छ । पर्यटन वर्षलाई पनि विशेष सहयोग गर्ने हेतुले माघ ८ गते पर्यटन वर्षको प्रर्वद्धनका लागी विविध कार्यक्रम गर्ने पर्यटन वर्ष मुल आयोजक समिती उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Related

स्थानिय 5392109207566183999

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item