पौष महिनामा ५७ हजारभन्दा वढी राजश्व सकंलन

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_8548.html
सिन्धुली दर्पण/माघ ४ -
जिल्ला विकास समिति सिन्धुलीले पौष महिनामा मात्रै आन्तरिक आय श्रोतवाट ५७ हजार ७ सय ८९ रुपैया ६६ पैसा रकम संकलन गरेको छ । जिल्ला विकास समिति सिन्धुलीले विभिन्न शिर्षकवाट उक्त रकम संकलन गरेको हो ।
जस अन्तर्गत रानीजामा फर्म विकि्रवाट २४ हजार ४ सय ५० सभागृह हल भाडावाट ६ हजार ९ सय मल्टिमिडिया भाडावाट २ हजार स्टल भाडावाट १० हजार ५ सय ८४ रुपैया ६६ पैसासंस्था सिफारिसवाट ३ हजार संस्था नविकरणवाट १ हजार ७ सय ५० संस्था दर्तावाट ५ हजार ६ सय लाइसेन्स नविकरणवाट २ हजार ५ रुपैया र टेण्डर फर्म विकि्रवाट १ हजार ५ सय गरि कुल ५७ हजार ७ सय ८९ रुपैया ६६ पैसा रकम संकलन गरेको जानकारी जिल्ला विकास समिति सिन्धुलीका कर शाखा प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !