लागु औषध सहित दुइजना पक्राउ

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_263.html
सुरेश बिडारी/महोत्तरी/माघ ३ -
महोत्तरीको बर्दिबासमा आज प्रहरीले लागु औषध सहित दुइ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको गस्ती टोलीले बर्दिबास-३ का २४ बर्षिय विष्णु फँुयाललाइ र बेलगाक्षी ५ की ५० वर्षिय फुलमति शाहलाई प्रहरीले पक्राउ गरेको हो । फुँयाललाई ३० ट्याबलेट स्पामो पोक्सोभेन का र शाहलाई १५ वटा रेक्स कफ सिरफका साथमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका बर्दिबासका प्रहरी निरिक्षक लाल गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
फुँयाललाई गौशाला चोकबाट र शाहलाई माइस्थानमा रहेको टुटेश्वर नाथ मन्दिर जाने चोकबाट नियन्त्रणमा लिइएको उहाँको भनाइ थियो । शाहले त्यस स्थानमा टहरा बनाएर लामो समयदेखि चिया पसल साचालन गर्दै आएको बुझिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !