सिन्धुलीको वेलघारिमा आगलागी,लाखौको धनमाल जलेर नष्ट

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_5023.html
सिन्धुली दर्पण/माघ ३-
सिन्धुलीको वेलघारी गाविस वडा नम्वर ५ लामिडाडाँमा आज आगलागी हुदा लाखौको धनमाल जलेर नष्ठ भएको छ । लामीडाडाँ निवासी गुन्ज वहादुर काफ्लेको घरमा दिउसो १ वजे आगलागी भएको थियो । आगलागीवाट नगद ७० हजार पैसा ५० मुरि धान एक थान सोलार सेट एक थान मोवाईल सेट घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा भैसि घाईते भएको छ ।

आगलागीवाट २० वाख्रामा केहि वाख्रा वाचेको र केहिलाई आगोको थुप्रोले पुरेको स्थानिय ईन्द्र वहादुर क्याप्छाकीले जानकारि दिएका छन् । थप जनधनको क्षतिहुन नदिन आगलागी भईरहेको समयमा रेडियो सिन्धुलीगढीले स्थानिय सर्वसाधारणलाई सहयोगको लागी आग्रह गरेको थियो । केटाकेटिहरुले परालमा आगो खेलाएको कारण आगोले ठुलो रुप लिएको र आगलागीवाट लाखौको धनमाल नष्ठ भएको स्थानिय क्याप्छाकीले जानकारि दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !