सिन्धुलीको वेलघारिमा आगलागी,लाखौको धनमाल जलेर नष्ट

सिन्धुली दर्पण/माघ ३ -

सिन्धुलीको वेलघारी गाविस वडा नम्वर ५ लामिडाडाँमा आज आगलागी हुदा लाखौको धनमाल जलेर नष्ठ भएको छ । लामीडाडाँ निवासी गुन्ज वहादुर काफ्लेको घरमा दिउसो १ वजे आगलागी भएको थियो  । आगलागीवाट नगद ७० हजार पैसा  ५० मुरि धान एक थान सोलार सेट एक थान मोवाईल सेट घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा भैसि घाईते भएको छ । आगलागीवाट २० वाख्रामा केहि वाख्रा वाचेको र केहिलाई आगोको थुप्रोले पुरेको स्थानिय ईन्द्र वहादुर क्याप्छाकीले जानकारि दिएका छन् । थप जनधनको क्षतिहुन नदिन आगलागी भईरहेको समयमा रेडियो स्ािन्धुलीगढीले स्थानिय सर्वसाधारणलाई सहयोगको लागी आग्रह गरेको थियो । केटाकेटिहरुले परालमा आगो खेलाएको कारण आगोले ठुलो रुप लिएको र  आगलागीवाट लाखौको धनमाल नष्ठ भएको स्थानिय  क्याप्छाकीले जानकारि दिनुभएको छ ।

Related

विचाररसाहित्य 8754602989115959503

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item