नेपाल मगर विधार्थी सघं सिन्धुलीमा राज आले मगर सर्वसम्मतिले विजयी

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_2126.html
सिन्धुली दर्पण/माघ १६ -
नेपाल मगर विद्यार्थी जिल्ला कार्य समिती सिन्धुलीको तेस्रो जिल्ला अधिवेशन आज आईतवार सम्पन्न भएको छ । राज आले मगरको अध्यक्षतामा सर्वसम्मतिवाट १९ सदस्यीय नयाँ कार्य समिती चयन भएको छ । नेपाल आदिवासी जनजाती महासघंका निवर्तमान महासचिव तथा सभाषद रामवहादुर थापाको प्रमुख आतिथ्यतामा जरायोटार गाविसको मझुवा दोवानमा हिजोवाट सुरु भएको अधिवेशनले आज वन्दशत्रवाट नयाँ कार्यसमिती चयन गरेको हो । कार्यसमितीमा रविन क्याप्छाकी मगर उपाध्यक्ष तेज वहादुर पुर्वछाने मगर सचिव चन्द्र मगर सहसचिव विना रमौली मगर कोषाध्यक्ष रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सुमित्रा मगर मिलन राना मगर जेनी आले मगर प्रदिप मगर हिना आले निशान लामिछाने हेम मगर उषा वलम्पाकी टिका ध्वज पुलामी सुमन रैका दल वहादुर लामिछाने मगर भ्रुमा आले मगर तिलक मगर र विमला आले रहनु भएको छ । यहि आउदो फागुन २७ र २८ गते सिन्धुलीमाढीमा नेपाल मगर विद्यार्थी सघंको राष्ट्रिय विस्तारित भेला पनि हुनगईरहेको नेपाल मगर विधार्थी सघं सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !