करिव ४० कुईन्टल प्रतिवन्धीत सुनाखरि वरामद

सिन्धुली दपर्ण, पुस २२ -
 सिन्धुलीमा प्रतिवन्धीत जडीवुटी सुनाखरी वरामद गरिएको छ । इलाका वन कार्यालय कपिलाकोटइलाका प्रहरी कार्यलय कपिलाकोट र स्थानियवासीको सकि्रयतामा  करिव ४० कुइन्टल सुनाखरी बरामद गरिएको हो । 
 कपिलाकोटमा रहेको भगवती देवीथान सामुदायिक समितीको जंगलमा वेवारिसे अवस्थामा ४४५ किलो  र कपिलाकोटमै बा २ ख ४२२१ नंम्वरको गाडीमा लोड गरि राखिएको अवस्थामा  करिव ३९ कुइन्टल ४३ किलो ११४ वटा वोरामा राखिएको अवस्थामा बरामद गरिएको हो । बरामद गरिएको सुनाखरी इलाका वनकार्यालय कपिलाकोट लाई बुझाईको छ ।
स्थानिय वासीले सुनाखरी भने पनि संकलित जडिवुटी के हो भन्ने पहिचान नभएकोले पहिचान गर्नको लागि इलाका वन कार्यालय कपिलाकोटलाई वुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी जनक भट्राइले जानकारी दिनु भयो  केही दिन अघि पनि विपि राजमार्ग हुँदै सिन्धुलीवाट राजधानी तर्फ लैजादै गरेको अवस्थामा काभ्रे प्रहरीले सुनाखरी वरामद  गरेको थियो ।

Related

स्थानिय 1805533609755824169

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item