अलैची खेतीवाट १ बर्षमै ३ लाख आम्दानी

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_7877.html
सिन्धुली दपर्ण, पुस २१ -
गत वर्षको तुलनामा यस वर्ष अलैचिको मुल्य बढेपछि रामेछापका कृषकहरुले राम्रो मुल्य पाएका छन । रामेछापको गुम्देल गाविस वडा नम्वर ८ का एक किसानले अलैची विकि्र गरेर यस वर्ष ३ लाख रुपैयासम्म आम्दानी लिन सफल भएका छन् ।
गत वर्षसम्म १ सय ५० रुपैया प्रतिकेजी विकि्र हुदै आएको अलैची यस बर्ष प्रतिकेजी १८ सय रुपैयामा बिकि्र भएपछि स्थानिय किसान रामबहाखदुर कार्कीले ३ लाख रुपैया आम्दानी गर्न सफल हुनुभएको हो । रामेछापको गुम्देल बाम्ती कुभुकास्थलीलगाएतका गाविसहरुमा अलैची खेती राम्रो हुने गरेको छ । अहिले ती गाविसका किसानहरुले उत्पादन गरेको अलैची काठमाण्डौ दार्जलिङलगायतका मुख्य शहरहरुमा खपत हुने गरेको छ भने अझै माग अनुसार अलैची उत्पादन गर्न नसकिएको किसानहरुले बताएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !