पत्रकारलाई दुव्र्यवहार गर्नेलाई कार्वाही गर्न सर्लाहीका उखु किसानद्धारा छानवीन समिति गठन

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_8220.html
सिन्धुली दपर्ण, पुस २१ -
उखु किसानको आन्दोलन अन्तर्गत गत १८ गते सर्लाहीको हरिवनमा यातायात अवरुद्ध गर्ने क्रममा साचारकर्मीलाइ दुव्र्यवहार गर्ने व्यक्तिहरुलाई पहिचान गरी कार्वाही गर्नका लागि छानवीन समिति गठन भएको छ । किसानको आन्दोलनलाई भरपूर साथ दिदै आएका संचारकर्मीमाथि किसानलाई नै कलंकित पार्ने गरी दुव्र्यवहार भएको ठहर गर्दै दोषी पत्ता लगाई कार्वाही गर्नका लागि हिजो साँझ हरिवनमा बसेको उखु किसान संघर्ष समितिको बैठकले रामहरी प्रसाईंको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको हो । त्यस दिन आन्दोलनको आडमा केही अराजक व्यक्तिहरुले नेपाल पत्रकार महासंघ सर्लाहीका जिल्ला अध्यक्ष कृष्ण कुमार एस्माली र सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेलाई अनावश्यक निहँु झिकी दुव्र्यवहार गरेका थिए ।
त्यस दिन उखु किसानले हरिवनको पूर्व पश्चिम लोकमार्गमा गरेको चक्काजाम बल प्रयोग गरी खुलाउने प्रयास गर्दा प्रहरी र किसानबीच झडप भएको थियो । झडपका कारण थुप्रै किसान तथा केही प्रहरी समेत घाईते भएका थिए । साथै आधा दर्जन सवारी साधन समेत तोडफोड गरेका थिए । उखुको मूल्य गतवर्षकै ४ सय १ रुपैयाँ कायम हुनुपर्ने माग गर्दै गत पुस १ गतेदेखि सर्लाहीका उखु किसानले चरणवद्ध आन्दोलन गर्दै आएका थिए । सरकार उद्योगी र उखु किसानका प्रतिनिधिबीच भएको वार्ताले यस पटक उखुको मूल्य ४ सय १ राख्ने सहमती भएपछि किसानले आन्दोलन स्थगित गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !