मध्यपहाड यातायात व्यवसायी संघको २ वटा गाडी धुलिखेलमा तोडफोड

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_9988.html
सिन्धुली दपर्ण, पुस २२ -
उदयपुरको घुर्मीबाट काभ्रे हुदैँ काठमाण्डौ जान लागेको मध्य पहाड यातायात व्यवसाय संघको दुई वटा यात्रुबाहक बस आज काभ्रेको धुलिखेलमा तोडफोड भएको छ । बनेपा-सिन्धुली चल्ने हिमाल तराई यातायात व्यवसाय संघ संवद्ध युवाहरुले बा २ ख ५७८५ र ना ४ ख ३४५७ नम्बरको बस धुलिखेल बसपार्कमा रोकेर तोडफोड गरेका हुन् ।
विना रुट पर्मिट यातायात साचालन गरेको भन्दै वस तोडफोड गरेको उनीहरुले जनाएका छन् । तोडफोडबाट बसको सिसा फूटेको छ । यात्रुहरुलाई अपशब्द बोल्दै युवाहरुले बस नियन्त्रमा लिएर एक्कसि चालकलाई समेत हातपात गरेको त्यही बसका यात्रु खोटाङका यात्रु चिरन्जिवी भण्डरीले बताउनुभयो । तोडफोडमा संलग्न भएको आंशकामा ६ जना युवाहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रमा लिएको छ । यसअघि पनि हिमाल तराई बस व्यवसाय संघले बनेपामा नै यात्रु ओरालेर मध्यपहाड यातायात व्यवसायी संघलाई काठमाण्डौसम्म सिधा यातायात साचालनमा रोक लगाउँदै आएको थियो॥
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !