बाणिज्य बैक सिन्धुली मध्यमााचल क्षेत्रकै उत्कृष्ट वैक

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_3403.html
सिन्धुली दर्पण/माघ ११ -
राष्ट्रिय बाणिज्य बैकको ४६ औ बार्षिक उत्सव समारोहको अवसरमा राष्ट्रिय बाणिज्य बैक सिन्धुलीले एक समारोहको आयोजना गरी बार्षिक उत्सव मनाएको छ । सिन्धुली जिल्ला अदालतका न्यायधिश हरिशचन्द्र ढुङ्गानाको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमा विभिन्न बक्ताहरुले बैकको सफताको कामना गरेका थिए । पुर्व सभाषद शंकरनाथ शर्माप्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी विष्णुकुमार श्रेष्ठ प्राध्यापक फाल्गुनी शर्मा,नेपाली कग्रेसका दिपक मिश्र,रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठ,व्पापारी अम्रेश चन्द्र बैदार ,प्राईम बैकका प्रबन्धक कैशाल कार्की रेडियो सिन्धुलीगढीका स्टेशन म्यानेर द्धारिका काफ्ले लगाएतले कार्यक्रममाथी मन्तव्य राख्नुभएको थियो ।
उद्योण बाणिज्य सघं सिन्धुलीका अध्यक्ष मिनबहादुर श्रेष्ठको सभापतित्वमा राष्ट्रिय वाणिज्य बैक सिन्धुलीका प्रवन्धक फौद बहादुर सुनुवारले बैकको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय बाणिज्य बैक सिन्धुली शाखा मध्यमााचल क्षेत्रको उत्कृष्ट बैक भएको छ भने राष्ट्रिय बाणिज्य बैकको १२८ शाखाहरु मध्ये उत्कृष्ट कार्य गर्ने दोस्रो बैकको रुपमा पुरस्कृत भएको छ यसै गरी राष्ट्रिय बाणिज्य बैक सिन्धुलीका कर्मचारी चन्द्रप्रसाद कोईराला देश भर नै उत्कृष्ट कर्मचारीको रुप्ामा धोषणा गरिएको राष्टिंय बाणिज्य बैक केन्द्रीय कार्यालले धोषणा गरेको कार्यक्रमा जानकारी गराईएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !