सिन्धुलीको कुँडुलेमा ल्होछार सचेतना कार्यक्रम



पारखी माइला तामाङ/माघ -

सिन्धुलीको कल्पवृक्ष गाविस- २ कुँडुलेमा हिजो वुधवार  ल्होछार सचेतना तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ । तामाङहरुको आउँदै गरेको महान साँस्कृतिक पर्व सोनाम ल्होछारको पुर्वसन्ध्यामा ज्याङ्दर साङ्छ्योलिङ गुम्बा कल्पवृक्ष- २ कुँडुले सिन्धुलीले कार्यक्रमको आयोजना गरेको हो । गुम्बा व्यबस्थापन समितिका अध्यक्ष गुण बहादुर बोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष काजीमान थिङले ल्होछार पर्व र तामाङ जातिको पहिचान वारे स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा घेदुङ सिन्धुलीका कोषाध्यक्ष देव कुमार घिसिङ लगायत अन्य वक्ताहरुले पनि मन्तव्य राखेका थिए । "ल्होछार तामाङहरुको पर्व भनिएतापनि यस बारेमा यहाँका अधिकांश तामाङहरुलाई साधारण जानकारी पनि नभएको हुँदा हामीले यस कार्यक्रमको आयोजना गरेका हौं" गुम्बा व्यबस्थापन समितिका अध्यक्ष बोम्जनले भन्नुभयो ।

कार्यक्रममा रेडियो सिन्धुलीगढी एफ एम ९२ मेघाहर्ज मार्फत प्रशरण हुने प्राङ्बोला छार न्हान सिन्धुलीको प्रश्तुति तामाङ भाषाको कार्यक्रम 'ह्युल्बाला काई' रेडियो स्रोता क्लव कल्पवृक्षका कलाकारहरुले विभिन्न सांगीतिक कोसेलीहरु प्रश्तुत गरेका थिए । कार्यक्रम समापन पश्चात गुम्बाको प्राङ्गणमा रातभरी मेला समेत लागेको थियो ।

तामाङहरुको महान साँस्कृतिक पर्व २८४७ औं सोनाम ल्होछार (ह्योई/खरायो वर्ष) यही माघ २१ गतेदेखि शुरु हुँदैछ ।

Related

स्थानिय 8770447707154645763

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item