कर्मचारीकै मिलेमतोमा विद्युत् चोरी

प्रकाश सुन्दास ,काभ्रे,पुस २६ -

देशमा दैनिक ११ घण्टा लोडसेटिङ भइरहेका बेला सिन्धुपाल्चोक जिल्लाका २५ भन्दा बढी गाविसमा विद्युत् प्राधिकरणका कर्मचारीको मिलोमत्तोमा विद्युत चोरी हुने गरेको रहस्य खुलेको छ । जिल्लाको फुल्पिङ डाँडा ठूलोसिरुवारी यामुनाडाँडा लगायका गाविसमा गैरकानुनी रुपमा हुकिङ गरेर मिटर बक्स नै फोरेर विद्युत् चोरी हुने गरेको छ । 

चोरेको विद्युत्बाट स्थानीय केही नागरिकहरुले फर्निचर मिल कुखुरा पालन जस्ता साना तथा घरेलु उद्योगहरु साचालन गर्ने गरेका छन् । यसरी विद्युत् चोर्ने क्रममा जिल्लाका विभिन्न भागमा आधा दर्जनले ज्यान समेत गुमाइसकेका छन् । कर्मचारीको मिलोमत्तोमा नै विद्युत् चोरीको गुनासो आएपछि अनुसन्धान कार्य भइरहेको सुनकोशी जलविद्युत् आयोजनाका वितरक प्रमूख गोपाल खतिवाडले बताउनु भयो । विद्युत चोरी नियन्त्रणका लागि समिति गठन भइसकेको भन्दै प्रमूख खतिवाडले जर्वजस्ती गरे चोरी गर्ने र चोरीमा संलग्न कर्मचारी दुबैलाई प्रशासन लगाएर नियन्त्रण गर्न बाध्य हुने बताउनुभयो ।

Related

स्थानिय 7941228086233703911

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item