गैरकानुनी विद्युत खपत गर्नेहरुबाट ५० लाख भन्दा बढी असुली

सुरेश बिडारी/महोत्तरी/माघ १२ -

नेपाल विद्युत प्राधिकरण महोत्तरी शाखाले गैरकानूनी रुपमा विद्युत खपत गर्नेहरुबाट जरिवानास्वरुप ५ लाख ५० हजार भन्दा बढी असुलेको छ । विद्युत चुहावट नियन्त्रण अभियानअन्र्तगत प्राधिकरणले सशस्त्र र जनपथ प्रहरीको सहयोगमा ५ लाख ५४ हजार रुपैया असुली गरेको हो । मिसंर १२ गतेदेखि पुष २५ सम्म साचालन गरिएको अभियानमा हुकिङ गरेर विद्युत प्रयोग गर्ने १ सय १८ जनालाई नियन्त्रणमा लिएर जरिवाना लिएर छाडिएको विद्युत प्राधिकरण जलेश्वरले जनाएको छ । 

पक्राउ परेकाहरुबाट ३ हजारदेखि ५८ हजारसम्म रकम असुली गरिएको प्राधिकरण जलेश्वरका सुपरभाइजर इन्द्रेश कापडले जानकारी दिनुभयो । अभियान जिल्ल्ााको खयरवन्नीचोहर्वा एकडाँडा सम्सी मठिहानी खुट्टापीपराडी लगायत एक दर्जन भन्दा बढी गाविस र जलेश्वर नगरपालिकाको केही वडामा साचालन गरिएको थियो । अभियानका क्रममा घरमा मिटर हुँदाहुँदै पनि हुकिङ अत्याधिक विद्युत खपत गर्ने उपकरणहरु समेत प्रयोग गरी व्यवसाय साचालन गरेको पाइएको प्राधिकरण शाखा प्रमुख अशोककुमार पण्डितको भनाइ थियो । अभियानले विद्युत चोरीलाई निरुत्साहित गरेकोले फेरी साचालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

Related

स्थानिय 6515237668245457116

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item