प्रहरीको कारवाहिमा सशस्त्र समूहको कार्यकर्ताको ज्यान गयो


सुरेश बिडारी/महोत्तरी/माघ १३ -
 
गएराती धनुषा प्रहरीको कारबाहीमा महोत्तरीका एक युवकको ज्यान गएको छ । यसरी ज्यान जानेमा महोत्तरी दमौली - ५ का २७ बर्षिय दिपेन्द्र झा रहेको धनुषा प्रहरीले जनाएको छ । झा तराइमा भूमिगत सशस्त्र संघर्षरत तराइ जनतान्त्रिक मुक्ति मोर्चा राजन मुक्ति समूहको महासचिव रहेको प्रहरीले दावी गरेको छ ।

धनुषा कपिलेश्वरबाट भूएल जाने क्रममा प्रहरीको गस्ती टोलीले शंकासपद मोटरसाइकललाई रोक्न आग्रह गर्दा मोटरसाइकल चालकले फायरिङ गरेपछि जवाफी कारबाहीमा झाको ज्यान गएको प्रहरीले बताएको छ ।  मृतक झाको साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने १० राउन्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक जगदिश पोखरेलले जानकारी दिनुभयो ।

Related

स्थानिय 3509421845643396472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item