सिन्धुली घेदुङमा काजीमान


पारखी माइला तामाङ, २७ पुष -

नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा काजीमान थिङ चयन हुनुभएको छ । पुष २५ र २६ गते सिन्धुलीमाढीमा सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्मतबाट काजिमान थिङको अध्यक्षतामा १५ सदस्यीय घेदुङको जिल्ला कार्य समिति गठन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा चेख बहादुर थिङ उपाध्यक्ष, गम्भिर सिंह मोक्तान सचिव, कृष्णा पाख्रिन सहसचिव र देव कुमार घिसिङ कोषाध्यक्ष रहनु भएको छ । त्यस्तै सदस्यहरुमा भरत लोप्चन, सानुमान थिङ, छिरिङ लामा, मिक्पर थोकर, निर बहादुर थिङ, धन बहादुर स्याङतान, अमृत पाख्रिन, बिक्रम ग्लान, खड्क बहादुर वाईबा र सुवर्ण घिसिङ चयन भएका छन् ।
अधिवेशनले अध्यक्ष सुर्य पाख्रिनद्वारा प्रश्तुत आर्थिक प्रतिवेदन र सचिव काजिमान थिङद्वारा प्रस्तुत सांगाठनिक प्रतिवेदनलाई पनि सुझाव सहित पारित गरेको छ । अधिवेशनमा ३५ गाउँ समिति, १ नगर समिति र विभिन्न भातृसंगठनका गरी ४ सय ५० जना प्रतिनीधि तथा पर्यवेक्षकहरुले भाग लिएका थिए ।
नेपाल तामाङ घेदुङ सिन्धुलीका नवनिर्वाचित अध्यक्ष काजीमान थिङ
अधिवेशनको उद्घाटन नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले पुष २५ गते सिन्धुलीमाढीको खुल्लामञ्चमा एक कार्यक्रमकावीच मैनबत्ती बालेर गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले सुनकोशी र नारायणी राज्यको परिकल्पना गरेर ताम्सालिङ राज्यलाई टुक्र्याएको आरोप लगाउनु भयो । उहाँले सुनकोशी र नारायणी राज्य खारेजीको माग गर्दै अखण्ड ताम्सालिङ राज्यको स्थापना गर्न  सम्पुर्ण तामाङहरुलाई एकजुट हुन आव्हान गर्नुभयो ।
उद्घाटन समारोहमा बिभिन्न राजनीतिक दल, एकल जातीय संस्था र सरकारी कार्यालयका प्रतिनीधिहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
घेदुङ सिन्धुलीका अध्यक्ष सुर्य पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलाडी गोपीलाल बोम्जनको टोलीले कराँते खेलको डेमोसेसन देखाउनुका साथै गायक तथा संगीतकार सोनाम बज्यू, गीतकार फूलकुमार बोम्जन र सिलसिला कलाकेन्द्र माझीटारका कलाकारहरुले विभिन्न सांगितिक कोसेलीहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा प्राङबोला छार न्हान सिन्धुलीद्वारा निर्माण गरिएको दोस्रो तामाङ गीति एन्बम 'म्हेन्दोह्राङ्नोन सार्जिगाई' पनि विमोचन गरिएको थियो ।
उद्घाटन समारोह शुरु हुनुपूर्व निस्केको य्रालीले सिन्धुलीबजारको परिक्रमा गरेको थियो ।

Related

स्थानिय 2240245538258495440

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item