एक साता भित्रमा देशले नया प्रधानमन्त्री पाउने छ सचिव गजुरेल

 सिन्धुली दर्पण, पुस २६

एकिकृत नेकपा माओवादीका सचिव सिपी गजुरेरले एक साता भित्रमा मुलुकले नयाप्रधानमन्त्री पाउने वताउनु भएको छ । सत्रौ पटक काग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्रीका उमेरवार हुने र अठारौ पटक देख्न नपाउने उहाले ठोकुवा गर्नुभयो । कमलामाई नगरपालीकाको १६ औ नगरपरिषदको सिन्धुलीमाढीमा आज उद्घाटन गदै सचिव गजुरेलले अव नया ढङ्गले प्रधानमन्त्रिको निर्वाचन हुने र माओवादीले प्रधानमन्त्रिी पाउने सम्भावना क्षीण वनेको वताउनुभयो । प्रधानमन्त्रि को हुन्छ भन्ने अझै टुङगो  छैन ।तर एक थान प्रधानमन्त्रि भने एक सातामा मुलुकले पाउने उहाको तर्क थियो, माओवादीमा वैद्य निकट मानिएका सचिव गजुरेलले माओवादीले प्रधानमन्त्री नपाउने काग्रेसको सम्भावना नै छैन एमालेका झलनाथ खनाल पनि नहुने तर्क अघि सादै तटस्थ वस्न नपाउने हुदा मुलुकले भने कुनै न कुनै प्रधानमन्त्रि पाउने दावी गर्नुभयो । भारततर्फ ईङगीत गदै दक्षिणतिरका छिमेकिले माओवादीलाई प्रधानमन्त्री वन्न नदिएको सचिव गजुरेलले आरोप लगाउनु भयो ।

नेपालवाट अनमिन वाहिरिएपछि द्धन्दको खतरा वढ्ने भन्दै सचिव गजुरेलले दुईवटा सेनाको अनुगनम नर्गे निकाय नहुदा शान्ति प्रत्रिया भाडिने खतरा रहेको औल्याउनुभयो । अनमिन नहुदा दलहरुले शान्ति प्रकि्रयालाई पुर्नः परिभाषित गरिनुपर्ने उहाँको धारणा थियो । जनविद्रोह जनयुद्ध नभएकाले माओवादीले हतियार नउठाउने सचिव गजुरेलले ठोकुवा गर्नुभयो । नयाँ सिवंधान वन्ने सम्भावना क्षिण हुदै गएकाले देशलाई वचाउन माओवादीले जनविद्रोहको योजना वनाएको र विना हतियार लाखौ लाख जनता सडकमा उतारेर जेठ १४ पछि नयाँ सविधान वनाउने घोषण गर्नुभयो । राज्यपक्षले हतियार उठाएमा तिनै जनताले प्रतिकार गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।

Related

स्थानिय 3920849987144819752

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item