थपिएको एक वर्षमा पनि संविधान वन्दैन ः गगन थापा


सिन्धुली दर्पण/माघ १५ -

नेपाली काँग्रेसका यूवा नेता गगन थापाले थपिएको एक वर्षको समयमा पनि संविधान नवन्ने अवस्था  आएको वताउनु भएको छ । नेपाली काँग्रेस सिन्धुली क्षेत्र नं २ ले हिजो शुक्रवार आयोजना गरेकॊ कार्यकर्ता प्रशिक्षण कार्यक्रममा संवोधन गर्दै  थापाले यस्तो वताउन भएको हो ।  नेता थापाले माओवादी र काँग्रेसका विचमा संविधानका विषयमा धेरै मतभेद भएका कारण यस्तो अवस्था आएको वताउनु भयो । हामी वहुलवाद सहितको लोकतन्त्र चाहन्छौ । माओवादी वहुलवादलाई मान्दिन भन्छ अनि कसरी संविधान निमाण हुन सक्छ । नेपाली काँग्रेस सधै शान्ति र संविधानको पक्षमा रहेको वताउँदै काँग्रेसले खोजेको संविधान वहुलवाद र स्वतन्त्र न्यायपालिका सहितको हुनु पर्ने वताउनुभयो । नेता थापाले माओवादी देशको ठुलो पाटी भएरपनि अन्य पाटीहरुमाझ अभिभावकको भुमिका निभाउन नसकेको हुदा अव माओवादीलाई जनताले गदै आएको विश्वासमा  संकट देखापरेको उल्लेख गर्नुभयो । नेपाल सिघंयतामा जानासाथ दिन दुईगुणा रात चौगुण परिवर्तन हुदै देश विकास हुने नभई राज्य प्रणालीको सामान्य रुप मात्र भएको हुदाँ अवको ४ महिनाको समयभित्र नेपाली काग्रेस सिवंधान वनाउन हरतरहले लाग्नेपनि वताउनुभयो । उहाँले कक्षा १२ सम्मको शिक्षा सवैका लागि निशुल्क हुनुपर्ने समेत वताउनु भयो ।  प्रशिक्षण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सभाषद पुष्पा भुषाल पुर्व जिल्ला सभापति एवं पुर्व स्वास्थ्य मन्त्री विपिन कोईरालाजिल्ला सभापति मोहन वराल काग्रेस काभ्रे पुर्व सभापति मधु आचार्य एवं अन्य जिल्ला सदस्यहरुले पनि कार्यक्रममाथी मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Related

स्थानिय 8563416086631885977

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item