श्रीमतीको हत्या गर्ने श्रीमान् एक वर्षपछि पक्राउ

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_9639.html
सिन्धुली दपर्ण,पुस २५ -
सर्लाहीको सासापुर गाविस वडा नं ९ का भरत महतोलाई श्रीमती हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । गत २०६६ साल साउन ८ गते उहाँकी श्रीमती कैलाशीदेवी महतोलाई घाँटी रेटी हत्या गरेर घरबाट करिब ५ सय मिटर पर बाँस घारीमा फालिएको थियो । प्रहरीका अनुसार त्यसैबेलादेखि हत्यारा पत्ता लगाउन भईरहेको अनुसन्धानबाट अन्ततः कैलाशीदेवीको हत्या श्रीमान् भरतले नै गरेको पुष्टि भएको हो ।
ज्यान मारेको अभियोगमा कार्वाहीका लागि भरतलाई हिजो पक्राउ गरी हरिपुरस्थित ईलाका प्रहरी कार्यालयमा पठाईएको हरिवनस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । हत्याको कारण प्रष्ट खुली नसकेको भएपनि श्रीमती अरु सँग लहसिएको आशंकामा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !