मध्यमा~ाचल क्षेत्रिय महोत्सव आज सकिदै उदेश्य अनुरुपको सफलता

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_1183.html
सिन्धुली दर्पण/फागुन ९ -
सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ माघ २७ गतेवाट सिन्धुलीमाढीमा संचालनमा रहेको मध्यमााचल क्षेत्रीय आज विहान ११ बजे समापन हुदैछ । करिव ३ लाखले हेर्ने र ३ करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको मध्यमााचल क्षेत्रीय महोत्सवले उदेश्य अनुरुप सफलता पाएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष मिनबहादुर श्रेष्ठका अनुसार ३ लाख भन्दा बढीले महोत्सवको अवलोकन गरे भने ३ देखी ४ करोडका हाराहरीमा आर्थिक कारोवार भएको छ ।
उधोग व्यापार पर्यटनकृषि घरेलु तथा लघु उद्यम विज्ञान प्रविधीको प्रदशनी एवं स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी गरिएको थियो भने जिल्लाको धार्मिक क्षेत्र कमलाकालिकामाईशिद्धवावा मन्दिरको अवलोकन गरिएको थियो । साथै पर्यटन वर्ष २०११ लाई प्रवद्धन गर्ने उदेश्यले ऐतिहासिक सिन्धुलीगढी दरवारमा फागुन ५ गते गढी महोत्सव सम्पन्न भएको छ । ११ दिन सम्म स्थानिय तथा राष्ट्रिय कलाकारहरु दृष्टिविहिन कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो भने अन्य मनोराजनात्म कार्यक्रमहरु सर्कसपिङहरु र मौतका कुवा लगायतले भरपुर मनोरन्जन दिलाएको थियो । आज विहान ११ वजे सिन्धुली उद्योग वाणिज्य महासघका निवर्तमान अध्यक्ष चण्डी ढकालले औपचारिक समापन गर्नुहुने कार्यक्रम रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !