कि्रयाशिल पत्रकारद्धारा पत्रकार महासंघ साखा कार्यालय सिन्धुलीमा अनिश्चितकालिन तालावन्दि

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_3044.html
सिन्धुली दर्पण/फागुन ९ -
नेपाल पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा हिजो जिल्लामा कि्रयाशिल पत्रकारहरुले ताला लगाइदिएका छन । नेपाल पत्रकार महासंघ सिन्धुलीको आठौं अधिवेशनमा गैरपत्रकारहरुले कि्रयाशिल पत्रकारहरुलाई हस्तक्षेप गरि नेतृत्व कब्जा गरेको भन्दै जिल्लाका कि्रयाशिल पत्रकारहरु आन्दोलित भएका छन् । आन्दोलनको पहिलो चरणमा नेपाल पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा कालो व्यानर राखी अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
कि्रयाशिल पत्रकारहरुले गैरपत्रकारहरुको सदस्यता खारेजी कि्रयाशिल पत्रकारहरुलाई सदस्यता वितवरण तथाकथित निर्वाचन खारेज गरि पुन निर्वाचन र महासंघमा राजनीतिक हस्तक्षेप वन्द गर्न माग गरि महासंघमा ताला लगाएका हुन् । यस्तै उनीहरुले महासंघमा भएको राजनीतिक हस्तक्षेप बन्द गर्न समेत माग गरेका छन् । फागुन ४ गते भएको महासंघको आठौं जिल्ला अधिवेशनका क्रममा गैर पत्रकारहरुले महासंघको निर्वाचन क्षेत्र कब्जा गरि एक पक्षिय मतदान गरेर विजय भएको घोषणा गरेपछि यहाँका कि्रयाशिल पत्रकारहरुले चुनाव बहिष्कार गरेका थिए । निर्वाचन अधिकृत प्रेमचन्द्र दाहाल र केन्द्रीय प्रतिनिधि राजेश विद्रोहिको मिलेमतोमा अध्यक्षका प्रत्यासी साजय दाहालको उमेदवारी खारेज भएको घोषणा गरि अर्का अध्यक्षका उमेदवार श्यामहरि अधिकारी विजयी भएको घोषणा गरेपछि विवाद सुरु भएको थियो । साजय दाहालले उमेदवारी फिर्ता नलिएको बताउँदै आएका छन् । मतदान सुरु हुने बेलामा हस्तक्षेप भएपछि निर्वाचन मण्डलका तीन मध्ये शेषराज दाहाल र प्रविण हायुले मतदान प्रकि्रयामा असहमति जनाउँदै निर्वाचन स्थल छोडेका थिए भने अध्यक्ष मण्डलका चारजना मध्ये लिलानाथ घिमिरे शेषराज दाहाल र शंकर सौगातले अधिवेशन बहिष्कार गरेका थिए ।
निर्वाचन मण्डलका शेषराज दाहाल र प्रविण हायुले केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका छन् भने जिल्लाका कि्रयाशिल सदस्यता नपाएका एकदर्जनबढी पत्रकारहरुले सदस्यताको माग गरि केन्द्रिय महासंघमा निवेदन दर्ता गरेका छन् । चुनावमा गैर पत्रकारको चलखेल बढेपछि असुरक्षा महसुस गरि पत्रकारहरुले चुनाव बहिस्कार गरेका थिए । नेपाल पत्रकार महासंघले गैर पत्रकार तथा राजनीतिक दलका कार्यकर्ताको सदस्यता नविकरण नगर्ने र गैर पत्रकारलाई सदस्यता वितवरण नगर्ने नीति लिए पनि जिल्लाका गैर पत्रकारहरुको सदस्यता नविकरण गरिएको छ भने ५ वर्ष भन्दा बढी समयसम्म लगातार काम गरिसकेका पत्रकारहरुले सदस्यता पाउन सकेका छैनन । बहुमत सदस्यले बहिष्कार गरेपछि एकलौटी चुनिएको भनिएको नयाँ कार्यसमितिमा ९० प्रतिशत भन्दा बढी गैर पत्रकारहरु रहेका छन् ।
sindhuli ma jamma10 jana patrakar hola tehi pani tala band. ha ha ha ha
ReplyDelete