मध्यमाचंल क्षेत्रिय महोत्सव २०६७ सम्पन्न चार करोडको कारोवार


  प्रमिला वुढाथोकी/फागुन ९ -

सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहारू भन्ने मुलनाराका साथ माघ २७ गतेबाट सिन्धुलीमाढीमा संचालनमा रहेको मध्यमााचल क्षेत्रीय महोत्सवको आज एक कार्यक्रमका विच समापन गरिएको छ । १२ दिनसम्म साचालनमा आएको महोत्सवमा ३ लाख दर्शक सहभागी हुने र ३ करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको मध्यमााचल क्षेत्रीय महोत्सव सफल भएको आयोजकले बताएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष मिनबहादुर श्रेष्ठका अनुसार ५ लाख भन्दा बढीले महोत्सवको अवलोकन गरे भने ४ करोडको आर्थिक कारोवार भएको छ । महोत्सवमा सवैभन्दा बढी विकि्रवितरण कृषि जडिबुटी र लघु उद्यमका सामाग्रीहरुको र अवलोकन विसम्वर लामीछानेद्धारा निर्मित जरबुट्ा कलाको भएको आयोजकले जानकारी दिएको छ ।  महोत्सवले व्यापार कसरी गर्ने भन्ने व्यापारीक सीप पनि आदान प्रदान भएको व्यापारीहरुको भनाइ छ ।

 व्यापारका लागी १ सय ५० वटा स्टलहरु राखिएपनि वाहिरका व्यापारीहरु नआएका कारण १० वटा स्टलहरु खाली रहेका थिए । महोत्सववाट उठेको नाफालाइ सिन्धुलीगढी संरक्षणमा लगानी गर्ने सोचमा आयोजक रहेपनि यसको आधिकारीक धारणा सवै आयोजकको छलफलवाट तय हुने उद्योग वाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । 

मध्मााचल क्षेकि्रय महोत्सवमा उद्योग व्यापार पर्यटन कृषि घरेलु तथा लघु उद्यम विज्ञान प्रविधिको प्रदर्शनी एवम् स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी गरिएको थियो भने जिल्लाको धार्मिक क्षेत्र कमलाकालिकामाई सिद्धवावा मन्दिरको अवलोकन एवं यहि फागुन ५ गते ऐतिहासिक सिन्धुलीगढीमा गढी महोत्सव समेत सम्पन्न भएको छ । राष्ट्रपती रामवरण यादवले उद्घाटन गर्नुभएको महोत्सवको समापन उद्योग वाणिज्य महासघंका निवर्तमान अध्यक्ष चण्डीराज ढकालले गर्नुभएको थियो ।

Related

विचाररसाहित्य 8025406762085996310

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item