गाविस सचिवलाई कारवाही

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_5805.html
सिन्धुली दर्पण/फागुन १० -
जिल्ला विकास समिति सर्लाहीले तोकिएको मितिमा गाउँ परिषद् नगर्ने ६६ गाविसका सचिवलाई पदीय दायित्व पूरा नगरेको भन्दै कारण खुलाउन स्पष्टीकरण सोधेको छ । जिविसले ती सचिवलाई विभागीय कारबाही गर्नु नपर्ने कारण यथाशिघ्र पेश गर्न स्पष्टीकरण पत्र पठाएको हो ।
जिल्लाका ९९ गाविसमध्ये जम्मा ३३ वटा गाविसले मात्र तोकिएको समयमा परिषद् सम्पन्न गरेको जिविसले जनाएको छ । पुस मसान्तभित्र सक्नुपर्ने परिषद् स्थानीय विकास अधिकारी लामो समय जिविसमा नहुँदा ढिला भएको थियो । स्थानीय विकास अधिकारी सुमन घिमिरे जिविसमा बहाल भएपछि फागुन ७ गतेभित्र गाउँ परिषद् सक्न सबै गाविसलाई माघ २७ गते सूचना जारी गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !