स्थानिय महिलाहरु मदिराजन्य पदार्थको विकि्रवितरण नियन्त्रण गदै

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_4118.html
सिन्धुली दर्पण/फागुन ११ -
रामेछापको मन्थली टेकनपुरका स्थानिय महिलाहरु मदिराजन्य पदार्थको विकि्रबितरण नियन्त्रणको अभियानमा लागेका छन । केहि समय अघि स्थानिय विन्दा बस्नेतको अध्यक्षतामा ११ सदस्यीय गुप्तेश्वरी आमा समुह मन्थली गठन गरी उनिहरु मदिराजन्य वस्तुको नियन्त्रणका लागि अभियानमा जुटेका हुन ।
आफ्नो गाविसलाई मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले अभियान थालिएको आमा समुहले जनाएको छ । उनिहरुले गाविस भित्र कसैले बेचेको थाहा पाएमा २ हजार रुपँैया र खाएको थाहा भएमा प्रतिव्यक्ति १ हजार रुपैँया जरिवाना गर्ने नियम समेत बनाइएको समुहकि अध्यक्ष विन्दा बस्नेतले बताउनुभयो । अन्य ठाउबाट मन्थली बजारमा मदिरा विकि्र गर्न ल्याउने मानिसहरुलाई समेत सम्झाएर फर्का्रइदिने गरेको पनि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !