गैरकानुनी रुपमा विद्युत खपत गर्ने २० जना पक्राउ


सुरेश विडारी/महोत्तरी/फागुन ११ -

नेपाल विद्युत प्राधिकरण महोत्तरी शाखाले गैरकानूनी रुपमा विद्युत खपत गर्ने २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ल्ााको लोहारपट्टि रामगोपालपुर विजलपुरा पडरिया वगना लगायतका आधा दर्जन भन्दा बढी गाविसमा अबैध तरीकाले विद्युत प्रयोग गर्ने २० जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका १६ जनालाई जरिवानास्वरुप प्रति व्यक्ति ३ हजार रुपैया लिएर छाडिएको प्राधिकरणले जनाएको छ । 

विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत प्राधिकरणले नेपाल प्रहरीको सहयोगमा एक दिनमै प्राधिकरणले लगभग ५० हजार राजश्व असुलेको हो । चार जना अझै प्रहरी नियन्त्रणमा नै रहेको प्राधिकरण जलेश्वरका सुपरभाइजर इन्द्रेश कापडले जानकारी दिनुभयो । विद्युत प्राधिकरण जलेश्वरका अनुसार अभियानका क्रममा घरमा मिटर हुँदाहुँदै पनि हुकिङ अत्याधिक विद्युत खपत गर्ने उपकरणहरु समेत प्रयोग गरी व्यवसाय साचालन गरेको पाइएको थियो । प्राधिकरणले हिजो साँझ प्रहरी सहितको संयुक्त गस्ती साचलन गरेर कुटानी पीसानी मिलका मोटर एकथान इनारबाट पानी तान्ने मोटर ४ वटा त्यस्तै फर्निचरका मेसिनहरु ३ थान टिभी डेक गरि लाखौंको सामाग्री पनि बरामद गरेको छ । 

Related

विचाररसाहित्य 4078147149748057382

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item