सोह्र घर जलेर नष्ट


सिन्धुली दर्पण/फागुन १४ -

सर्लाहीको कर्मैया २ स्थित बथाने नजिकको सेउली वजारमा आज  अपरान्ह आगलागी हुदा १६ वटा फुसका घर जलेर नष्ट भएका छन । दिउसो साढे चार बजे एकाएक वस्तीमा आगो लागेको थियो । आगलागीवाट १६ घर नष्ट भएको स्थानीय दिपक रानाभाटले जानकारी दिनुभयो  । करिव १ सय ५० वटा झुपडी भएको टोलमा सुकुम्वासीहरुको वस्ती थियो । आगलागीवाट धेरै घरको अन्नपात लुकाफाटो र कागजात नष्ट भएको पीडित वुद्धिमाया वलले वताउनुभयो ।
साढे ४ वजे सुरु भएको आगो स्थानीयवासी प्रहरी र क्रसर उद्योगका गाडीहरुको मद्दतले एक घण्टा भित्र नियन्त्रणमा आएको थियो । क्रसर उद्योगका पानीट्याकी स्काभेटर र लोडरलाई आगो निभाउन प्रयोग गरिएको थियो । स्काभेटर र लोडरको मद्दतले आगो लागेका घरमा माटो राखेर आगो निभाइएको प्रहरीले वताएको छ ।

Related

विचाररसाहित्य 9007272262419839093

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item