लोडसेडिङको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने


सिन्धुली दर्पण/फागुन १४  
तराई स्वतन्त्र न्याय माचले बढ्दो लोड्सेडिङ र भ्रष्टाचारको विरुद्धमा देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर माचले प्राकृतिक कारणले भन्दा पनि नेतादेखि कर्मचारीतन्त्रसम्मको भ्रष्ट ब्यवहारले मुलुकका जनता लोडसेडिङको मारमा पर्नुपरेको आरोप लगाएका छन् । 

पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् सर्वदेव ओझाले लोडसेडिङ मानव जीवनको प्रगतिको बाधक सिद्ध भएकोले लोडसेडिङ न्युनिकरणमा यो सरकार तुरुन्त लाग्नुपर्ने बताउनुभयो । विजुली उत्पादन गरी नेपाली जनतालाई अँध्यारोबाट उज्यालो तर्पु लैजानु पर्ने भन्दै  खोलाको लाईसेन्स ओगटेर बस्ने प्रबृत्तिको तत्काल अन्त्य गर्नु पर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा एमाओवादीका सभासद् प्रभु साहले राजनीतिक अस्थिरताको कारण लोडसेडिङ बढेको दावी गर्दै राजनीति स्थिर नभै लोडसेडिङ समस्या अन्त्य नहुने दावी गर्नुभयो ।

Related

विचाररसाहित्य 407770402003510447

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item