अन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_420.html
सिन्धुली दर्पण/फागुन १५ -
विश्वसामु रहेका नेपालीमाझ सिन्धुलीलाई चिनाउन सफल लोकगायक कृष्ण विक्रम थापाको नाममा साहित्यकार अन्जुलले कृष्ण विक्रम थापा सगींत विकास कोषको स्थापना गर्नु भएको छ । लोक सगींतको माध्यमवाट ऐतिहासिक सिन्धुलीगढी दरवार र सिन्धुली जिल्लालाई चिनाउन सफल लोक गायक थापाको सम्मान कतैवाट पनि नभैरहेको अवस्थामा साहित्यकार अन्जुलले यो पहल गर्नु भएको हो ।
जनज्योती उमावी फोस्रेटारले विद्यालयको ४० औ वार्षिक उत्सव एवं अभिभावक दिवसमा आफुलाई सम्मान स्वरुप प्रदान गरेको ५०,००० रुपैया उहाँले आफ्नो व्यक्तिगत जीवनमा खर्च नगरी यस्तो लोकपकारी कार्यमा लगाउनुभएको हो । अक्षयकोषवाट प्राप्त हुने व्याजले प्रत्येक वर्ष जिल्लामा गायन प्रतियोगिता गरी उत्कृष्ठ तीनजनालाई कृष्णविक्रम थापा गायन पुरस्कार प्रदान गरिनेछ ।
कोषको समृद्धिसगै गायन कार्यक्रमलाई उनै लोकगायकको जीवनको सपना अनुसार पछि लोकभाषाभाषीलाई समेटेर फुलवारी कार्यक्रममा रुपान्तरीत गरी राष्ट्रिय रुपदिने कृष्णविक्रम थापा सगींत विकास कोष तदर्थ समितीको अध्यक्ष अम्विका शर्माले वताउनुभयो । कोषले जिल्लाका सवै सिगंतकारगीतकारगायकनृत्यकलाकार सवैलाई एकै ठाउँमा गोलवद्ध गरी सािगंतीक विकासमा अग्रसर गराउन अनुकुल वातावरणको सृजना गर्नेछ र यो सवै सृष्टाहरुको पवित्र साझा चौतारी वन्नेछ कोषका सस्थापक अन्जुलले भन्नुभयो । कृष्ण विक्रम थापा सगींत विकास कोषले सिन्धुली वाङ्मय प्रतिष्ठानमा दर्ता भई आफ्नो कार्य सुचारु गरिसकेको छ ।
Anjul sir dherai dhanyabad ani badhai :)
ReplyDeleteअन्जुलसरलाई धन्यवाद तथा बधाई...
ReplyDelete