
http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_6127.html
माघ २३
लैगिक विभेदमा आधारित तीन दिने तालिम यहि शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महिला मानव अधिकार रक्षक संजाल सिन्धुली र ओरेक नेपाल को संयुक्त आयोजनामा तालिमको संचालन गरिएको थियो । तालिममा सिन्धुलीका विभिन्न संघ संस्थाका ३० जना सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागीको प्रतिनीधित्व गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुलीकी मन्त्री मेनुका सुवेदीले तालिमहरुको ग्रामीण भेगमा अत्यन्तै आवश्यक भएकाले आयोजक समितिलाई गाउँ गाउँमा यस्तो तालिम संन्चालन गर्न आग्रह गर्नू भयो । साथै तीन दिने तालिमक प्रशिक्षक ओरेक नेपालका मध्यमान्चल क्षेत्रीय संयोजक श्यामकुमारी शाहले सहभागीहरुलाई तीन दिनमा सिकेका कुराहरुलाइ व्यवहारमा पनि लागु गर्न आग्रह गर्नु भयो । कार्यक्रममा शसस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख कैलाश श्रेष्ठ माहिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष गगां दहालले पनि तालिमको महत्वका विषयमा प्रकाश पार्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !