छाप्रोमा पढ्छन् बेथानका बालबालिका


उमा केसी/रामेछाप/फागुन १३ -

रामेछापको बेथान गाविसस्थित भ्वाँसामा रहेको सूर्य प्राविका बालबालिकाले भवनको अभावमा छाप्रोमा पठनपाठन गर्दै आएका छन् ।  उनीहरुले २ वर्ष अघिदेखि नै छाप्रोमा पठनपाठन गर्दै आउनु परेको हो । जिल्ला शिक्षा कार्यालयले आधारभुत प्राविअन्तर्गत २ कक्षा सम्म साचालन गर्ने अनुमति दिए पनि विद्यालयले कक्षा ३ सम्म संचालन गर्दै आएको छ ।
विद्यालय भवनको अभावमा अहिले बालबालिकाहरु छाप्रोमा पढने गरेका छन् । निजी स्रोतबाट राखिएका र बाल कक्षा साचालन गर्न भनि  राखिएका २ जना शिक्षिकाहरुले यस विद्यालयमा पढाउने गरेका छन् । भवनको अभावका कारण  कक्षा १ र २ का बालबालिकाहरुलाई एकै ठाउँमा राखेर बहुकक्षा शिक्षण गर्ने गरिएको विद्यालयले जनाएको छ ।

Related

विचाररसाहित्य 1556986548174213764

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item