नेकपा एमाले क्षेत्र नं २ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम भिमस्थानमा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_1292.html
सिन्धुली दर्पण/फागुन २२ -
नेकपा एमाले क्षेत्र नं २ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम सिन्धुलीको भिमस्थानमा आज सम्पन्न भएको छ । हिजोदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य जगननाथ खतिवडाले जनताको वहुदलिय जनवादको सिद्धान्त उग्रवामपन्थ र दक्षिणपन्थको वारेमा अन्चल सचिव लक्ष्मण पौडेलले पार्टीको ऐतिहासिक पृष्ठभुमिका वारेमा र जिल्ला अध्यक्ष कमलजंग राइले विकास निर्माण र पार्टीको भुमिकाको वारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा १७ वटा गाविस र नगरपालीकाको १८ वटा वडावाट कार्यकर्ताहरु सहभागी भएका थिए । यसैविच आजै सम्पन्न प्रशिक्षण भेलाले एकिकृत तिनपाटनको विकासको अवधारणलाइ अघि सारेर १० वर्षे कार्ययोजना तय गरेको छ । त्यसमा कृषि पर्यटन लघु उद्यमएकिकृत ग्रामिण विकास र भिमस्थान गाविसको ८ नंं वडामा रहेको फलाम खानीलाइ विशेष प्राथमिकताका साथ खानीको विकास गर्ने योजना बनाएको जानकारी एमाले सिन्धुलीका जिल्ला सचिव प्रलाद पोखरेलले दिनुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !