डा.योगी विकाशानन्द सिन्धुली आउनुहुदै

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_2093.html
सिन्धुली दर्पण/फागुन १७ -
संसारलाई वदल्नु छ शुरु आफैवाट गर्नु छू भन्ने मूल नाराका साथ संचालित मनोक्रान्ति राष्ट्रिय अभियानले सिन्धुलीमा पनि आफ्नो अभियान संचालन गरिरहेको छ । मनोक्रान्ति द्रष्टा डा.योगी विकाशानन्दद्वारा यही मिति २०६७ फाल्गुण २० देखि २५ गते सम्म सिन्धुलीमाढीमा आफूलाई वदली अरुलाई वदल्ने प्रेरणादायी विविध विषयमा जीवन उपयोगी आध्यात्मिक तथा वैज्ञानिक प्रभावकारी दार्शनिक प्रवचन कार्यक्रम रहेको उल्लेख गरेको छ ।
मानवीय नैतिक साँस्कृतिक आध्यात्मिक व्यवहारको पूर्ण संरक्षण र सम्वद्र्धन विना मानव व्यक्तित्वको पूर्ण विकास हुन सक्दैन भन्दै आध्यात्मिक र सामाजिक विकास विना शान्तिको परिकल्पना गर्न र शान्ति विना विकास पनि कठिन हुनॆ भएकाले सामाजिक विकासको लागि शान्ति र मानव समुदायलाई समाजिक उत्तरदायित्वप्रति सजग वनाउनका लागि शान्तिको शिक्षा आध्यात्मिक ज्ञान योगा प्राणयामका माध्यमवाट साँस्कृतिक सम्वन्ध कायम गरी सवै वर्ग समुदायलाई शान्ति न्याय समानता तथा सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ स्थापित अभियानले सिन्धुली जिल्लामा डा।योगी विकाशानन्दको उपस्थितिमा ५ दिने कार्यक्रम गर्न लागेको हो । मनोक्रान्ति राष्ट्रिय अभियानद्वारा संचालित कार्यक्रमहरु सुपरलर्निङ्ग साईको साइवरनेटिक्स रेकी वैज्ञानिक मनोक्रान्ति योग ध्यान योग प्रवचन कार्यक्रम तपशिल वमोजिम राखिएकाले उक्त अवसरम हुने कार्यक्रमवाट आफूले फाईदा लिनुहुन समेत जारी प्रेश-विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !