देवाधिदेव महादेवको सिन्धुलीका विभिन्न मन्दिरमा पुजा गरिदै

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_590.html
सिन्धुली दर्पण/फागुन १८ -
आज फाल्गुण कृष्ण त्रयोदशी । आज महाशिवरात्रि पर्व राष्ट्रियको चाडका रुपमा देवाधिदेव महादेव भगवान शिवको श्रद्धापूर्वक पूजा अर्चना गरी मनाइँदै छ । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव भगवान शिवकॊ आज दर्शन गर्नाले सुख समृद्धि र भक्ति प्राप्ति हुने धार्मिक मान्यता छ । सिन्धुलीका विभिन्न शिवमन्दिरहरुमा भक्तजनहरुको धुइँचो लागेको छ ।
आज विहानै देखि च्याउँकोटमा अवस्थित प्रसिद्ध शिद्धबाबा मन्दिर, माझिटारमा रहेको शिव मन्दिर, कनपा ८ तोरिस्वारामा भर्खरै भेटिएको गुप्तेश्वर महादेवको पुजापाठ गर्न तिर्थालु एवं भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । मानवमा शिवत्वका असल भावना जगाउन प्रेरणा दिने पर्व भएकोले पनि शिवरात्रि पर्वको विशेष महत्व रहेको हो । महाशिवरात्रीकै पर्वका अवसरमा महोत्तरीको जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिर माइस्थानमा रहेको टुटेश्वरनाथ महादेव मन्दिर माइस्थानमै रहेको पाचधुरा मन्दिर लगायतका शिव मन्दिरहरुमा विहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । पुजाआजाका लागि छिमेकी जिल्ला धनुषा सर्लाही र भारतबाट पनि श्रद्धालुहरु भक्तजनहरुको समेत उपस्थिति छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !