तामाकोसी-खुर्कोट सडक कालोपत्रे सुरु


शेरबहादुर भुजेल/दोलखा/चैत २
दोलखाको नयाँपुलदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । एसियाली विकास बैंक एडीबी र तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन ओपेकको ऋण सहयोगमा नयाँपुलदेखि खुर्कोसम्मको ५५ किलोमिटर सडकको स्तरोन्नती गरी कालोपत्रे सुरु भएको हो । 
तामाकोसी मन्थली खुर्कोट सडक आयोजना अन्र्तगत भएको सडकको कालोपत्रे गर्ने काम दोलखाको तामाकोसी बजार र रामेछापको सेलेघाटबाट एकैसाथ सुरु भएको छ । तामाकोसीदेखि खुर्कोटसम्मको सडकको कालोपत्रे गर्नका लागि सडकको स्तरोन्नती गरेपछि मन्थलीदेखि तामाकोसीसम्मको यात्राको समय पनि छोटिएको छ । सडकको स्तरोन्नती भएपछि साना सवारीका साधन पनि बढेका छन् ।
त्यसैगरी सिन्धुलीको खुर्कोटमा सुनकोसी नदीको पुल बाहेक दोलखा र रामेछापका विभिन्न स्थानदेखि तराईसम्मका सम्पूर्ण सडक सहज भएकाले ढुवानीका साधनहरु पनि बढेको स्थानियबासीले वताएका  छन् ।

Related

स्थानिय 3649794460495286539

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item