भट्टराईको तेह्रौ दिनमा आज देशभर शोकसभा गरिँदै


सिन्धुली दर्पण/चैत २ -
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको तेह्रौ दिनको पुन्यतिथिमा नेपाली काङ्ग्रेसले आज देशभर श्रद्धान्जलीसभा गर्दैछ । देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा केन्द्रीय प्रतिनिधिको सहभागितामा सभा गरिनेछ । बिहान भट्टराईको अस्तु विसर्जन गरि दिउँसो सभा गरिनेछ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयुक्त शोकसभा भने दिउँसो राजधानीको खुलामन्चमा हुँदै छ ।  शोकसभालाई पार्टीका शीर्षतहका नेताहरुले सम्वोधन गर्नुहुनेछ ।  सभापति सुशील कोइराला संसदीय दलका नेता रामचन्द्र पौडेल नेता शेरबहादुर देउवालगायतका नेताहरुले सम्वोधन गर्नुहुनेछ । तिथिअनुसार भट्टराईको तेह्रौ दिनको काम भने हिजै सकिएको छ । देशभरिका सभाका काङग्रेसका नेताहरुसँगै अरु दलका नेताहरुले पनि भट्टराईका विषयमा बोल्नु हुनेछ ।

Related

विचाररसाहित्य 6423061249039220514

1 commentDefault Comments

  1. Sachai nai kisunji ko mrutyu le desh sokh magna bhayo.. unko aatmale chir santi pawos.

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item