अन्तरमाध्यामिक विद्यालयस्तरिय जिल्ला व्यापी खेलकुद सम्पन्न


 सिन्धुली दर्पण/फागुन २३-

शुक्रबारदेखि सिन्धुलीमाढीमा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड २०६७/६८ अन्तरमाध्यामिक विद्यालयस्तरिय जिल्ला व्यापी खेलकुद प्रतियोगिताको हिजो एक कार्यक्रमकाबीच समापन गरिएको छ । सहभागी विद्यालयले सम्पूर्ण खेलमा  हात पारेको अंकको आधारमा प्रथमद्धितीय एंव तृतीय स्थान छुट्टयाइएको थियो । जसअन्र्तगत ७१ अंक ल्याएर सरस्वती मावि सिर्थौली डकाहा प्रथम४४ अंक ल्याएर जनता मावि वखफर द्धितीय र २४ अंक ल्याएर जनता आवासीय तृतीय भएका छन् ।
 कार्यक्रममा प्रतियोगीताका विजयी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी  नेकपा एमालेका अध्यक्ष कमल जगं राई जिविसका पूर्व सभापति रमेश कार्की वाहीनीपति  जिल्ला शिक्षा कार्यलय सिन्धुलीका प्रतिनिधी  जिल्ला खेलकूद विकास समितिका अध्यक्ष नवराज श्रेष्ठ आकाशले संयुत्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।

Related

विचाररसाहित्य 7664326260532648444

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item