बजार अनुगमन सुरु


सिन्धुली दर्पण/चैत ३ -
व्यापारीहरुले बजारमा न्यून गुणस्तरको म्याद सकिएका खाद्य सामग्री बेच्नुको साथै तोकिएको भन्दा थैरै मोल लिन थालेपछि रामेछापको सदरमुकाम मन्थलीमा बजार अनुगमन गर्न थालिएको छ । बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीको नेतृत्वमा अनुगमन टोली गठन गरिएको छ । टोलीमा जिल्ला प्रहरी कार्यालय पत्रकार महासङ्घ प्रोपव्लिक असल शासन परियोजना कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरु रहेका छन् ।
टोलीले हिजो गरेको बजार अनुगमनका क्रममा मन्थली बजारबाट उपभोग्य म्याट सकिएका तथा न्युन गुणस्तरका विभिन्न खाद्य सामग्रीहरु जफत् गरेको छ । दिनानुदिन कालो बजारी बढ्दै गएको र उपभोक्ताहरुको स्वास्थ्यमा व्यापारीहरुले खेलवाड गर्न लागेकोले बजार अनुगमन सुरु गरिएको सहायक प्रमुख अधिकारी माधवप्रसाद अधिकारीले बताउनुभयो । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गने र तोकिएको मापदण्ड बाहिर गएर खाद्य सामग्री बेच्ने जो सुकैलाई पनि कार्वाही हुने उहाले बताउनुभयो ।

Related

स्थानिय 2775218765550580531

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item