माओवादी र एमाले सिन्धुलीमा अव मुकामुकी नखेल्नेरे


सिन्धुली दर्पण/वैशाख ५
   
सिन्धुली जिल्लामा विभिन्न समयमा एकिकृत माओवादी र एमाले कार्यकर्ताविच भएकॊ घटना र तिक्ततालाई अन्त्य गर्न एकिकृत माओवादि र एमालेले सयुक्त राजनैतीक सयंन्त्र वनाएका छन् ।  सयुक्त राजनैतिक सम्यन्त्रले सिन्धुली जिल्लामा दुई दलका कार्यकर्ता विच भएको झडप हुन नदिन विभिन्न ६ वुदे सहमती गरेको पत्रकार सम्मलेन गरी जानकारी दिएका छन् । 
पत्रकार सम्मलेनमा एकिकृत माओवादीका तामसालिङ् राज्य ईन्चार्ज अग्नी सापकोटा र  एमालेका केन्द्रिय उपाध्यक्ष अशोक राईको उपस्थिती रहेको थियो ।  सिन्धुलीको पुरानोझागाझोली गाविस ४ र झागाझोली रातमाटा गाविस ३ मा भएका झडपका घाईतेलाई औषधी उपचार र तत्कालिन रामेछापका माओवादी जिल्ला ईन्चार्ज राजन दाहालसहित १८ जनालाई लगाईएको मुद्धा फिर्ता लिने सहमती भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । राजन दाहाललाई एमालेका महासचिव ईश्वर पोखरेलमाथी भएको आक्रमणको मुद्धा लागाइएको थियो । 
पत्रकार सम्मेलन माओवादीका पोलिटव्युरो सदस्य एवंम तामसालिङ राज्य ईन्चार्ज अग्नी सापकोटाले माओवादी र एमालेका कार्यकर्ताविच द्धन्द्ध हुनै नदिने काम सयुक्त राजतैतिक सयंन्त्रले गर्ने वताउनुभयो । माओवादी र एमालेविच  सयुक्त राजनैतिक संयन्त्र निमार्णको प्रकि्रया सिन्धुली जिल्लावाट सुरु भएको माओवादी नेता सापकोटाले वताउनुभयो । 
वाम शक्तिहरुको ध्रुविकरण हुन नदिन विदेशी शक्तिहरु लागिपरेकोकाले वामपन्थिविच सयुक्त राजनैतिक सयंन्त्र वनाउन आवश्यक देखिएकोले यस्तो सम्यन्त्र वनाएको वताउनुभयो ।पत्रकार सम्मलेनमा माओवादीका केन्द्रिय सदस्य सुर्य सुवेदीपथिकले माओवादी एमाले विच भएको ६ वुदे सहमति जानकारी गराएका थिए । त्यसैगरी सिन्धुली क्षेत्र नम्वर १ का सभाषद विषमलाल अधिकारी दनुवारले एमाले र माओवादी विचको सम्वन्ध सुमधुर वनाउन  सयुक्त राजनैतिक संयन्त्रले महत्वपुर्ण भुमिका खेल्ने वताउनुभयो । एमालेका केन्द्रिय उपाध्यक्ष अशोक राई र माओवादीका पोलिटव्युरो सदस्य अग्नी सापकोटाको उपस्थितीमा वसन्त माझी राजन दाहाल सुरज वहादुर स्याङतन कमलजग राई विषयमलाल अधिकारी र खड्ग वहादुर खत्री सदस्य रहेको माओवादी र एमालेले  ६ सदस्यीय सयुक्त राजनैतीक सयंन्त्र वनाएका छन् । 

Related

स्थानिय 7637399523231904666

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item