गजल सवाल,जवाफ

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_1988.html
प्रमिला बुढाथोकी/सिन्धुली सुरेश बिडारी/मकवानपुर
सवाल जवाफ
फोनमा मात्र तिमीसंग बोल्नुको के मज्जा अनलाइमा आउँदा बोलेनौ त बोलांै कसरी
दिलको ढोका बन्द झ्याल खोल्नुको के मज्जा । पाहुना बिना दिलको ढोका खोलौं कसरी
आफ्नो छाया तिम्रो लाग्छ झुक्किएर होला आफ्नो छायाँ आफ्नै हुन्छ नझुक्कीनु तिमी
ढुङगा र पानीसंगै घोल्नुको के मज्जा । घुल्दैन त ढुङगा र पानी म घोलौं कसरी
झल्को आउछ अझै तिम्रो सपनीमा पनि नदेख्दैमा झल्को दिने भैसकेछु थाहा छैन
डडेको मनलाइ फेरि पोल्नुको के मज्जा । डढी सक्यो तिम्रो मन अब पोलौ कसरी
एकै शब्द राम्रो लाग्छ तिम्रो मात्र किन सबैलाई यस्तै भन्ने बानी होला तिम्रो
आफ्नो रुप देखि आफै जल्नुको के मज्जा । रुपै देख्या छैन मैले तिम्रो जलौ कसरी
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !